Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

आयुष्मान र प्रियंकाले साटे औँठी, बिहे कहिले ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/14
 
गएको २ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् । गुपचुप रुपमा शनिवार एक पारिवारिक माहोलका बीच दुवैले औँठी साटे ।
 
 
फिल्म 'कथा काठमाण्डू' को छायांकनको बेलादेखि यी दुईले प्रेमको रथ हुँइक्याउन थालेका थिए । मिडियामा खुल्लम खुल्ला प्रेममा रहेको बताउँदै आएको यो जोडीको इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । 
 
 
आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर शेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् । यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई दिँदै सामाजिक सञ्जालमा तश्बिर राखेकी छन् । 
 
 
इन्गेजमेन्ट भएपनि प्रियंका र आयुष्मानको विवाहको मिति तोकिएको छैन । यी दुवैले 'कथा काठमाण्डू' सँगै 'चंगा चेट', 'छक्का पञ्जा २' जस्ता फिल्ममा काम गरिसकेका छन् । 
Most Visited News (monthly)