Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘सञ्जू’ को कमाई ५ सय करोडमाथि

एजेन्सी, मुम्बई, 2018/07/14
बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ को धुँवादार कलेक्सन अझै रफ्तारमा छ । अभिनेता रणबीर कपूरको यो फिल्मले वर्ल्ड वाइड ५ सय भन्दा बढीको कमाई गरिसकेको छ ।  
 
ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार, रिलिजको दोस्रो हप्तामा फिल्मको ग्रस वर्ल्ड वाइड कलेक्सन ५ सय बढी गरेको छ । फिल्मले इन्डियामा नेट बक्सअफिसमा अहिलेसम्म २९५.१८ करोडको कमाई गरिसकेको छ । 
 
 
फिल्मको ओभरसिज ग्रस बक्सअफिस कलेक्सन ३७८.४३ करोड छ । भारत र ओभरसिज कलेक्सन प्लस गर्ने हो भने ‘सञ्जू’ ले प्रदर्शनको दुई हप्तामा कूल ५००.४३ करोड रुपैयाँको कलेक्सन गरेको छ । इन्डियामा ४ हजार र ओभरसिजमा १३ सय स्क्रिनमा फिल्म रिलिज भएको छ । 
 
राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जू’ मा रणबीरसँगै परेश रावल, मनीषा कोईराला, करिश्मा तन्ना, जिम सर्भ, विक्की कौशल, सोनम कपूर र अनुष्का शर्मा लिड रोलमा छन् । 
Most Visited News (monthly)