Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमेडीले भरिएको ‘पिरिम पर्‍या छन्’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/14
अभिनेता द्वय दीलिप रायमाझी र जयकिशन बस्नेत स्टारर फिल्म ‘पिरिम पर्‍या छन्’  को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा दुवैलाई श्रीमती पीडित भनिएको छ । 
 
 
घरमा श्रीमतीसँगको झगडा पश्चात् दुवै अभिनेता काठमाडौंमा युवती खोज्न हानिन्छन् । युवती खोज्नका लागि जयकिशन र दीलिपले गर्ने हर्कतहरुलाई ट्रेलरमा कमेडी शैलीमा देखाइएको छ ।  
 
फिल्ममा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् ।
 
माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्मलाई बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको सामाजिक हाँस्य फिल्म बताइएको यस फिल्मका गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ । 
 
साउन २५ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ । कमेडी जनराको यो फिल्ममा पुरन थापाको लेखन, निर्देशन र निर्माण छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)