Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा चार फिल्म

फिल्मीखबर, काठमाडौं, 2018/07/13
रिलिजको हिसाबले यो शुक्रवार नेपाली फिल्मका लागि भिडभाडयुक्त देखिएको छ । विदेशीबाहेक मात्र हलमा चार-चार नेपाली फिल्म लागेका छन्, ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ । 
 
बलिउड सुपरस्टार सलमान खानको 'रेस ३' र सञ्जय दत्तको बायोपिक फिल्म 'सञ्जू' ले करीब १ महिना नेपाली हलमा एकलौटी वर्चश्व कायम गर्दा धेरै नेपाली फिल्मको रिलिज तितरवितर भएका थिए । जसकारण यस शुक्रवार चार फिल्म रिलिज हुन पुगेका हुन् । 
 
हल र दर्शक संख्याका हिसाबले एकै साता चार फिल्म रिलिज हुनुलाई व्यापारिक रूपमा जोखिमपूर्ण मानिन्छ । 
 
 
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ । फिल्ममा अनसप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँ, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्यलगायतको अभिनय रहेको छ ।  
 
विवाहपछि काँचको पर्दाबाट टाढा रहेकी अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर फिल्म हो ‘यो पागल मन’ । यसका उनको जोडी अभिनेता विनोद न्यौपानेसँग बाँधिएको छ । 
 
कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ ।  
 
पछिल्लो रिलिज फिल्म 'ए मेरो हजुर २' बाट थप लोकप्रियताको शिखर चढेका अभिनेता सलोन बस्नेतको लिड अभिनय रहेको फिल्म ‘बाबु कान्छा’ लाई उनकै पिता शोभित बस्नेतले निर्माण र अभिनय गरेका हुन् । उनको अपोजिटमा रियल प्रेमिका करिश्मा श्रेष्ठ छिन् । 
 
यसमा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनलगायतको पनि अभिनय रहेको छ ।  
 
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म 'सञ्जू' को खुब चर्चा भइरहँदा यस हप्ता नेपाली हलमा उमेश थापा र कविता गुरुङको बायोपिक फिल्म ‘बोबी’ प्रदर्शनमा आएको छ । यी दुईको वास्तविक प्रेमकथालाई निर्देशक मिलन चाम्सले पर्दामा उतारेका छन् । 
 
रोचक कुरा त फिल्ममा रियल कपलकै अभिनय छ । गएको बुधवार राजधानीमा गरिएको प्रिमियरमा फिल्मले सबैबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । विजय लामा, रुबी राणा शाह, देशभक्त खनाललगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । 
Most Visited News (monthly)