Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कायरा’ गीत रिलिज, आर्यन र साम्राज्ञीको सुहाएको केमेस्ट्री

फिल्मीखबर, काठमाण्डौ, 2018/07/12
अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर बहुप्रतिक्षीत फिल्म ‘कायरा’ को पहिलो गीत सार्वजनिक भएको छ । दुई हप्ताअघि इन्टरनेट रिलिज भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण टिमले 'सुखमा...' बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ । 
 
 
फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको गीतमा आर्यन, साम्राज्ञीलाई आफ्नो 'सास' बन्न अनुरोध गरिरहेका छन् । भिडियोमा यी दुईको जोडी कमालको देखिएको छ । पहिलो पटक यो कपलले सँगै काम गरेका हुन् । 
 
सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतको लोकेशन र खिचाई उत्कृष्ट छ । 
 
'कायरा' का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । 
 
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
 
शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् । फिल्मको प्रदर्शन मिति साउन १८ गतेलाई तय गरिएको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)