Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाबु कान्छा’ ले सलोनलाई ‘सोलो हिरो’ मा बिकाउला ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/12
अभिनेता सलोन बस्नेतको अभिनयका पारखी धेरै छन् । चुलबुले क्यारेक्टरमा पर्दामा औधि रुचाइएका पात्र हुन् उनी । तर विडम्बना ! सोलो हिरो रहेका उनका अधिकांश फिल्म बक्सअफिसमा चिप्लिएका छन् । 
 
हिरोको साथीको भूमिकामा भने उनले जुन फिल्ममा अभिनय गरेका छन्, त्यसमा उनकै हालीमुहाली हुन्छ । र, प्रायः फिल्म बक्सअफिसमा हिट पनि साबित भएका छन् । यसको ताजा उदाहरण फिल्म 'गाजलु' र 'ए मेरो हजुर २' हुन् ।
 
सहायक भूमिकामा उनको अगाडि लिड हिरो समेत ओझेलमा पर्ने गरेका छन् । 'गाजलु' मा अनमोल केसी र 'ए मेरो हजुर २' मा सलिनमान बनियाँलाई सलोन 'थ्रेट' थिए । महिनैपिच्छे पर्दामा देखिरहने उनको पछिल्लो रिलिज फिल्म 'मेला' र 'लम्फू' हो । 
 
 
यही शुक्रवारबाट उनको प्रमुख भूमिका रहेको फिल्म 'बाबु कान्छा' प्रदर्शनमा आउँदैछ । यो फिल्ममा सलोनमात्र चिनिएका अनुहार हुन् । सोलो हिरोमा उनी अभिनीत फिल्म नचलिरहेको अवस्थामा यो फिल्मले कस्तो नजिता ल्याउला सबैको चासो केन्द्रमा छ । 
 
सलोनको बढ्दो लोकप्रियताले यो फिल्मलाई फाइदा पुग्नेमा निर्माण टिम 'कन्फिडेन्ट' देखिन्छ । पछिल्लो रिलिज फिल्म 'ए मेरो हजुर २' पछि उनको लोकप्रियता थप चुलिएको छ । अब उनको बढ्दो लोकप्रियताको फाइदा 'बाबु कान्छा' ले कस्तो उठाउँला ? हेर्न बाँकी छ । 
 
 शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको यसमा सलोनका अलावा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनलगायतको अभिनय रहेको छ ।  
 
असार २९ गते योसँगै अन्य तीन फिल्म 'बोबी', 'यो पागल मन' र ‘वीराङ्गना’ पनि प्रदर्शनमा आउँदैछ । यी तीन फिल्मको चुनौती 'बाबु कान्छा' का लागि सानोतिनो भने हुनेछैन ।
Most Visited News (monthly)