Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुप र शिल्पाको ‘वीराङ्गना’ कस्तो चल्ला ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/12
अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म हो ‘वीराङ्गना’ । यो कपल एकसाथ पर्दामा देखिन लागेका कारण पनि फिल्मप्रतिको चासो दर्शकमा अलि बढी नै छ । 
 
दुवै यस फिल्ममा शसस्त्र प्रहरीको भुमिकामा प्रस्तुत छन् । भिलेनमा सर्वाधिक रुचाइएका अनुप र एक्सन अवतारमा फिट मानिने शिल्पाको केमेष्ट्रीको ‘वीराङ्गना’ को गीतसंगीत र ट्रेलरबाट राम्रो 'फिडब्याक' मिलेको छ । 
 
 
अब हलमा फिल्म कस्तो चल्ला ? यो हेर्न बाँकी छ । निर्माण टिमसँगको मनमुटावका कारण अभिनेता शाहले सुरुवाती दिनदेखि प्रचारमा आफ्नो उपस्थिति जनाएका छैनन् । अभिनेत्री पोखरेल भने विसञ्चो हुँदा पनि प्रचारमा खटिन छाडेकी छैनन् । 
 
अनुप प्रचारमा नहिँड्दा यसको फाइदा अर्का अभिनेता पृथ्वीराज प्रसाईँलाई भएको छ । मिडियामा शिल्पासँग उनले दर्जनौं अन्तर्वार्ता दिइसकेका छन् । दर्शकमाझ आफूलाई परिचित गराउने अनुपको अनुपस्थितिमा उनले गतिलै अवसर पाएका छन् । 
 
महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ । फिल्ममा प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्यलगायतको पनि अभिनय रहेको छ । 
 
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीराङ्गना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । 
 
फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन रहेको छ ।  
 
ट्रेलर हेर्नुहोस् :-

 
 ‘वीराङ्गना’ ले पायो पिजी सर्टिफिकेट
 
२ घण्टा ३० मिनेट समयअवधिकोे फिल्म ‘वीराङ्गना’ लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । अब १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ । 
Most Visited News (monthly)