Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘रेस ३’ बन्यो सर्वाधिक कलेक्सन गर्ने तेस्रो फिल्म

एजेन्सी, मुम्बई, 2018/07/12
बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘रेस ३’ रिलिज भएको एक महिना हुँदैछ । यसबीच फिल्मले वर्ल्डवाइड ३ सय करोडको कलेक्सन पूरा गरेको छ, जसकारण अब ‘रेस ३’ यस वर्षको सबैभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ । 
 
यो फिल्मले बक्सअफिसमा सानदार सुरुवात गरेको थियो । फिल्मले प्रदर्शनको मात्र तीन दिनमा सय करोेडको कलेक्सन पार गरेको थियो । तर, फिल्म समीक्षकको नेगेभिट रिभ्यू र अनलाइन लिकका कारण दोस्रो हप्तादेखि फिल्मको कमाईको प्याराग्राफ निकै तल झर्‍यो । 
 
 
फेरि फिल्मको तेस्रो हप्तामा 'सञ्जू' रिलिज भयो, जसको कारण ‘रेस ३’ को कमाईमा झन् बढी असर देखियो । बक्सअफिस इन्डियाको रिपोर्ट अनुसार, योे फिल्मले प्रदर्शनको २४ दिनमा वर्ल्डवाइड ३ सय ३ करोडको कलेक्सन गरेको छ । 
 
फिल्मले सबैभन्दा बढी ५१.५ लाख डलरको कमाई गल्फ देशबाट गरेको छ । फिल्मको दोस्रो सबैभन्दा ठूलो मार्केट यूनाइटेट किंगडम रह्यो, जहाँ फिल्मले ११.७ लाख डलरको विजनेश गर्‍यो । 
 
‘रेस ३’ एक मल्टिस्टारर फिल्म हो । यसमा सलमान खानका अलावा बबी देओल, अनिल कपूर र ज्याकलिन फर्नान्डिसले अभिनय गरेका छन् । फिल्मका निर्देशक रेमो डिसूजा हुन् । 
Most Visited News (monthly)