Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोबी’ प्रिमियर : उमेश भक्कानिए, कविताले फिल्म नै हेर्न सकिनन्

फिल्मीखबर, काठमाण्डौ, 2018/07/12
 
यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ उमेश थापा र कविता गुरुङको बायोपिक फिल्म ‘बोबी’ । यो कपलको वास्तविक प्रेमकथालाई निर्देशक मिलन चाम्सले पर्दामा उतारेका छन् । फिल्ममा उमेश र कविता नै लिड रोलमा छन् । 
 
निर्देशक चाम्स आफ्ना हरेक फिल्मको प्रिमियर भब्य शैलीमा गर्ने गर्दछन् । ‘बोबी’ को पनि बुधवार राजधानीको कुमारी हलमा ठूलै तामझामका साथ प्रिमियर गरियो । फिल्मका प्रमुख कलाकारको स्वागत ब्यान्डबाजासहित गरिएको थियो । 
 
 
आफ्नो छोरासँग कविता र उमेशले ग्रान्ड प्रिमियरमा इन्ट्री लिएका थिए । फिल्मका कलाकारहरु विजय लामा, रुबी राणा शाह, देशभक्त खनालसहित गायक राजेशपायल राई, अभिनेता रमेश उप्रेती, 'भद्रगोल' का सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठलगायत सयौं चलचित्रकर्मीहरुको प्रिमियरमा बाक्लो उपस्थिति थियो । 
 
 
फिल्म हेर्दैगर्दा उमेश र कविताको 'ह्याप्पी एण्ड स्याड' लभस्टोरीमा धेरै भक्कानिएका थिए । फिल्म हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाको आँखामा टिलपिल आँशु देखिन्थ्यो । सबैले मिडिया समक्ष ‘बोबी’ प्रेरणादायक फिल्म बनेको प्रतिक्रिया दिए । 
 
'रियल एण्ड रिल' की बोबी उर्फ कविता आफ्नो कथा हेर्न नसकेर फिल्म नै नहेरी घर फर्किएकी थिइन् । उनका श्रीमान र छोरासहित परिवारले भने चलचित्रकर्मी र सञ्चारकर्मीसँग सँगै बसेर पूरा फिल्म हेरे । 
 
 
फिल्म सकिएपछि हल तालीले गुञ्जयमान भएको थियो । परिवार र छोरासँग एकै पंक्तिको सिटमा बसेका उमेश आफ्नो कथा पर्दामा हेर्दा सम्हालिन सकेका थिएनन् । छोराले पटक-पटक न्याप्किनले बुबाको आँशु पुछिरहेको वास्तविक दृश्यले जो कोहिँलाई भावुक बनाएको थियो । 
 
हलबाट बाहिरिँदै गर्दा उमेशले मिडियासँग संक्षिप्त कुराकानी गर्दै आफू फ्ल्यास ब्याकमा गएको सुनाए । उनी भन्छन्, बुबा आमालाई देखेर रोएँ । फेरि डल्लुले पाएको दुःख देखेर रोएँ । मैले आफूलाई सम्हाल्न सकेको थिइनँ । 
 
 
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
Most Visited News (monthly)