Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चिँ मुसी चिँ’ को कन्सर्टमा सुनिल र अलिशाको धमाका

फिल्मीखबर, काठमाण्डौ, 2018/07/12
 
साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘चिँ मुसी चिँ’ टिम अहिले प्रचारका लागि देश दौडाहमा छ । पूर्वी नेपालको विर्तामोड र धरानमा सम्पन्न कन्सर्टमा हजारौँको संख्यामा दर्शकको उपस्थिति थियो ।
 
 
फिल्मका लिड नव-अभिनेता सुनिल क्षेत्री र नव-अभिनेत्री अलिशा शर्माको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई 'नेपाल आइडल' की टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो । 
 
 
‘चिँ मुसी चिँ’ का चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले दमदार नृत्य प्रस्तुत गरेका थिए । गायिका पाण्डेले फिल्मको शिर्ष गीत गाएकी थिइन् । 
 
फिल्मको देशैभर प्रमोशनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा चलचित्रले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।
 
 
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको ‘चिँ मुसी चिँ’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
 
 
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।
Most Visited News (monthly)