Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मैथिली फिल्म ‘प्रेमक बसात’ को ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/07/11
मैथिली भाषाको सबैभन्दा महंगो फिल्म बताइएको ‘प्रेमक बसात’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित यो फिल्मले हिन्दू र मुश्लिमले एकअर्कासँग बिहे गर्दा आइपर्ने समाजिक समस्याको कथा बोल्छ । 
 
 
यसमा नेपालका मोडल पियूष कर्णको लिड अभिनय छ । सहकलाकारको रुपमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छन् । वेदान्त झाले निर्माण गरेको ‘प्रेमक बसात’ को रुपक सरारले निर्देशन गरेका हुन् । 
 
सरोज सुमन, प्रवेश मल्लिक, एस. कुमारले फिल्मका गीतमा संगीत भरेका छन् । जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको नेपालसहित भारत, दुबई, कतार अष्ट्रेलियालगायतका देशमा एकसाथ प्रदर्शन हुने निर्माता झाले जानकारी दिए । 
 
यो फिल्मको ‘ललमुनियाके ताडी’ बोलको एक आइटम गीतमा नेपाली अभिनेत्री नम्रता सापकोटाले ठुम्का लगाएकी छन् । फिल्मको सम्पूर्ण गीत संगीतलाई भारतकै सबैभन्दा ठूलो कम्पनी टी सिरिजले बजार व्यवस्थापन गरेको छ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)