'मुन्नाभाई', '३ इडियट्स', 'पीके' र अहिले 'सञ्जू' जस्ता हिट फिल्म दिएपछि राजकुमार हिरानी बलिउडका 'ब्याक टू ब्याक हिट' फिल्म दिने फिल्ममेकर बनेका छन् । हिरानी निर्देशित फिल्म 'सञ्जू' अब ३ सय करोडमा ईन्ट्री हुने तयारीमा छ ।
डिएनए रिपोर्टका अनुसार, यो फिल्मको एक प्रमोसनल इभेन्टको क्रममा अभिनेता रणबीर कपूरले एकपटक फेरि राजकुमार हिरानीसँग काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

रणबीरले इभेन्टमा निर्देशक हिरानीसँग भने, 'उहाँले सञ्जय दत्त र आमिर खान दुवैसँग दुई-दुई फिल्म गर्नुभएको छ र सबै हिट छन् । म पनि जान्न चाहन्छु कि रामकुमार मसँग कहिले दोस्रो फिल्म बनाउनुहुन्छ, जसमा म लिड रोलमा देखिन पाउँ ।'
सोही बखत रणबीरले राजूसँग सोधे, 'तपाई मसँग कतिवटा फिल्म गर्न चाहनुहुन्छ ?' जवाफमा हिरानीले हाँस्दै जवाफ दिए, 'म तिमीसँग ५ फिल्म बनाउँछु ।'
राजकुमार हिरानीले आफ्नो नयाँ फिल्मको काम सुरु गर्नका लागि केही समय 'ग्याप' लिनेछन् । उनी नयाँ फिल्म तब बनाउनेछन् जब उनी सब्जेक्ट वा कहानीलाई लिएर आश्वस्त हुनेछन् ।

