Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हट आमा ?’ भन्दा अनुत्तरित प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2018/07/10
 
अहिलेकै सबैभन्दा व्यस्त नायिका हुन् प्रियंका कार्की । संख्या बढाउन उद्दत रहेको आरोप खेपिरहेकी उनी पछिल्लो समय 'ब्याक टू ब्याक' फिल्म गरिरहेका छन् । तर दुर्भाग्य ! 'छक्का पञ्जा' र 'नाईँ नभन्नू ल' सिरिज बाहेक अन्य फिल्म सफल छैनन् । 
 
 
'हट एण्ड बोल्ड' नायिकाको छवि बनाएकी उनको अचेल अभिनयको भन्दा पहिरनको ज्यादा चर्चा हुने गर्छन् । पहिरनको मामलामा उनी चुजी  छैनन् । नेपाली अभिनेत्रीहरु मध्ये सबैभन्दा आकर्षक पहिरन लगाउन उनी सिपालु छिन् । 
 
धेरै नायिकाहरु पहिरनको मामलामा उनलाई नै 'फलो' गर्ने गर्दछन् । सोमवार राजधानीमा आयोजित फिल्म 'नाईं नभन्नू ल ५' को ट्रेलर सार्वजनिक कार्यक्रममा पनि उनको 'हट अन्दाज' ले सबैलाई कायल बनाएको थियो । 
 
 
यो फिल्ममा उनी अभिनेत्री स्वस्तिमा खड्काकी आमाको भूमिकामा छिन् । लिड अभिनेत्रीमा राम्रो 'डिमाण्ड' भइरहँदा आमाको रोलमा पनि आफूलाई व्यस्त बनाइराखेकी उनमाथि पत्रकारको तेर्सियो, 'तपाईलाई कति हट आमा भन्छन् होला है ?'
 
 
उनले यसको जवाफ दिन सकिनन् । उनले भनिन्, 'यसको म के जवाफ दिनुँ । तर, मेरो उमेर विपरित भइरहेको छ । म झन् झन् जवान भइरहेकी छु ।' उनले करीब ७ महिनादेखि आफू जज रहेको 'बुगी उगी' का कारण नयाँ फिल्ममा काम गर्न समय नमिलेको पनि बताइन् । 
 
तश्बिर : विवेक बस्याल
Most Visited News (monthly)