Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नुहोस् प्रविनको पण्डित अवतार

फिल्मीखबर, काठमाण्डौ, 2018/07/10
 
सम्भवतः नेपालमा पहिलो पटक पण्डितहरुको कथामा केन्द्रित भएर निर्माण भएको फिल्म हो ‘पण्डित बाजेको लौरी’ । तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई यो फिल्मले देखाउन खोजिएको छ । 
 
साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् । एउटा सानो गाउँमा पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको निर्देशक ओली बताउँछन् । 
 
गीतसंगीत र ट्रेलरले दर्शकमा फिल्मप्रति चासो जगाउँदै गर्दा निर्माण टिमले दुई पोस्टर सार्वजनिक गरेको छ । जसमा, विजय बराललाई 'बादी' र बाँकी पुरुष पात्रलाई पण्डितको अवतारमा देख्न सकिन्छ । 
 
अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
 
 
‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।
Most Visited News (monthly)