Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचाको सुनको जुहार सुहाउने मुहार (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/10
यही असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘यो पागल मन’ को ‘पटियाला कुर्ता’ बोलको डान्सिङ गीत सार्वजनिक भएको छ । विनोद न्यौपाने र अभिनेत्री ऋचा सिंह ठकुरी फिचर गीतलाई राजेशपायल राईले गाएका छन् । 
 
 
दयाराम पाण्डेको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । ऋचालाई सुनको जुहार सुहाउने मुहार भन्दै गीतमा विनोद तारिफ गरिरहेका छन् । विवाहपछि पर्दामा नदेखिएकी अभिनेत्री ठकुरीको यो कमब्याक फिल्म हो । 
 
कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । ऋचा र विनोदसँगै गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।  
 
अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् । 
 
कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)