Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कहीँ कतै’ ट्रेलरमा प्रेम र पीडा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/10
साउन २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘कहीँ कतै’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । ट्रेलरले फिल्म केहि रोमान्टिक त केहि वियोगको कथामा रहेको बोल्छ । 
 
 
नव-कलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा 'बेबी' गिरी लगायतलाई ट्रेलरमा समेटिएको छ । 
 
सिवानी र सोनमले यहि फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेका हुन् । सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन गरेका छन् । 
 
द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)