Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आभाषजी, ‘रामप्यारी’ नै ‘फस्ट एण्ड लास्ट’ हो ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/09
अभिनेता आभाष अधिकारीलाई चिन्नुहुन्छ ? कि पहिलो पटक नाम सुन्दै हुनुहुन्छ ? वर्ष २०७२ मा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा स्टारर फिल्म ‘रामप्यारी’ का अभिनेता हुन् उनी । 
 
यो उनको डेब्यु फिल्म थियो । आभाष, रेखाकी जेठी दिदी पारु अधिकारीका छोरा हुन् । लिड रोलमा लिएर फिल्म बनाउन कुनै निर्माता/निर्देशकको आँखा उनीमाथि नपर्दा रेखा स्वयमले त्यो जोखिम उठाइन् । 
 
 
दिदीको छोरालाई हिरो बनाउन उनले आफ्नो फिल्म ‘रामप्यारी’ मा आभाषलाई लिड रोलमा लिइन् । यस फिल्ममा उनी प्रहरी अफिसर्सको भूमिकामा थिए र उनको अपोजिटमा अभिनेत्री आश्मा डिसी थिइन् । 
 
फिल्मले बक्सअफिसमा राम्रै कलेक्सन गर्‍यो तर आभाषलाई दर्शकले 'नोटिस' गरेनन् । गरुन् पनि कसरी ? फिल्ममा रेखा हाबी थिइन् । उनी भएपछि 'स्टार' कलाकार त छायाँमा पर्छन् आभाष त नयाँ थिए । 
 
पहिलो फिल्म भएका कारण उनले आफ्नो अभिनय पनि खासै देखाउन सकेका थिएनन् । डेब्यु फिल्म हिट भएको खुसी साट्ने सौभाग्य भने अभिनेता अधिकारीले पाए । तर, यसपछि उनले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । 
 
नपाएर हो वा नगरेका हुन् ? त्यो त उनैलाई थाहा होला तर डेब्यु फिल्म रिलिजपछि बेपत्ता हुनुले ‘रामप्यारी’ नै ‘फस्ट एण्ड लास्ट’ त होइन ? भन्ने चर्चा सिनेवृतमा चल्न थालेको छ । 
Most Visited News (monthly)