Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्षा दुब्लाएकी हुन् त ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/09
 
अभिनेत्री बर्षा राउतको अभिनयको तारिफ गर्नेसँगै मोटोपनको मजाक उडाउनेहरु पनि कम छैनन् । 'नाईँँ नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएकी उनी अहिलेकी 'डिमाण्डेड' अभिनेत्री हुन् । 
 
 
बक्सअफिसमा उनी अभिनीत 'मेरो पैसा खोई ?' बाहेक अन्य फिल्म हिट छन् । 'छक्का पञ्जा' का दुई सिरिज र 'जात्रा' फिल्ममा काम गरेपछि उनको नाम अहिले महंगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको लिस्टमा अग्रणीमा आउँछ । 
 
 
'चौका दाऊ', 'एउटा यस्तो प्रेम कहानी' जस्ता केही फिल्मको काममा व्यस्त अभिनेत्री राउत अचेल आफ्नो तौल घटाउन दिनहुँ जिममा पसिना बगाइरहेकी छिन् । 'मोटी' नायिका भनेर हैरान बनाउनेलाई जवाफ दिन उनले केही केजी तौल समेत घटाइसकेकी छन् । 
 
 
नेपालमा तौल घटाउन नसकेर उनी अष्ट्रेलिया पनि पुगेकी थिइन् तर झन् मोटाएर फर्किइन् । मोटोपनका कारण अभिनेत्रीको रुपमा भन्दा उनलाई अन्य भूमिका सुहाउने आरोप पनि लाग्दै आएको छ । यही कारण उनले केही फिल्मबाट हात समेत धुनु पर्‍यो ।
 
 
दिनहुँ घण्टौंसम्म व्यायममा समय विताउने उनी विस्तारै 'स्लिम' हुँदैछिन्, जुन फिल्मीखबर डटकमका फोटोग्राफर विवेक बस्यालको क्यामेरामा कैद भएका तश्बिर पनि बोल्छन् । 
 
 
केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा ब्लू रंगको कुर्तामा पुग्दा धेरैबाट उनले 'स्लिम' हुँदै गएको 'कम्प्लिमेन्ट' पाइन्, जुन बर्षाका लागि खुसी हुने ठूलो बहाना हो । झन् सबैले 'राम्री' भन्दा त उनी फुरुङ्ग देखिन्थिन् । 
Most Visited News (monthly)