Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा बस्यो इशानसँग नन्दिताको प्रेम (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/09
अभिनेत्री नन्दिता केसीले काँचको पर्दाबाट दूरी बनाएको लामै समय भइसकेको छ । लगालग आफू अभिनीत फिल्महरु बक्सअफिसमा असफल हुन थालेपछि अमेरिका हानिएकी उनी पुनः नेपाल फर्किएर अभिनयलाई निरन्तरता दिन सकिरहेकी छैनन् । 
 
 
यसबीच उनले अभिनय गरेको नयाँ फिल्म 'अमेरिकन बाबु मेड इन नेपाल' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो । 
 
अमेरिकामा बसोबास गर्ने नेपालीको कथा यो फिल्मले बोल्छ । फिल्मका निर्देशक तथा सम्पादक ईश्वर थापा हुन् । ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माण रहेको उक्त फिल्मको नेपाल प्रदर्शन मिति तय गरिएको छैन । 
 
नन्दितासँगै इशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको 'अमेरिकन बाबु मेड इन नेपाल' मा अभिनय छ।
 
फिल्मको अमेरिका प्रदर्शन न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा हुने निर्देशक थापाले जानकारी दिएका छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)