Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वाह् ! कति राम्री स्वस्तिमा (६ तश्बिर)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/08
 
फिल्म 'दुई रुपैयाँ' मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतमा ठुम्का लगाएपछि अभिनेत्री स्वस्तिमा खड्का रातारात चर्चामा आइन् । यसअघि उनी गुमनाम अभिनेत्रीको सूचीमा थिइन् ।
 
 
‘कुटुमा कुटु’ गीतले बजारमा धूम मच्चाउँदै गर्दा उनको हातमा 'छक्का पञ्जा २' पर्‍यो, जुन बक्सअफिसमा सुपरहिट साबित भयो । यो फिल्मको सफलतासँगै अहिले उनको नाम सर्वाधिक व्यस्त अभिनेत्रीको लिस्टमा अग्रणीमा आउँछ । 
 
 
'होस्टल रिर्टन्स' बाट नेपाली रजटपटमा डेब्यू गरेकी उनी अहिले नयाँ फिल्म 'बुलबुल' मा व्यस्त छिन् । यसमा उनी एक टेम्पो चालकको भूमिकामा देखिँदैछन् । रिलिज डेट कुरेर बसेका फिल्मको कुरा गर्ने हो भने 'नाईँ नभन्नू ल ५', 'जय भोले' र 'छक्का पञ्जा ३' छन् । 
 
 
'नाईँ नभन्नू ल ५' को रिलिज भदौ ८ मा भएपनि 'जय भोले' र 'छक्का पञ्जा ३' भने दशैंको फूलपातीमा एकअर्कासँग भिड्ने तयारीमा छन् । यी तीनै फिल्म दर्शकमाझ प्रतिक्षीत छन् । तर, स्वस्तिमालाई अब कुन फिल्मको प्रचारमा हिँड्ने र दर्शकलाई कुन फिल्म हेर्न जान फकाउने निकै तनाबमा छिन् । 
 
 
‘कुटुमा कुटु’ गर्लको परिचय बनाएकी उनले जसरी अभिनयमा आफ्नो अब्बलता प्रस्तुत गरिरहेकी छिन् त्यसरी नै फिटनेशमा पनि उतिक्कै ध्यान दिने गरेकी छन् । 'स्लिम एण्ड फिट' स्वस्तिमा उत्कृष्ट 'फेसन सेन्स' का लागि पनि चिनिन्छिन् । 
 
 
उनी अचेल जुन कार्यक्रममा पुग्छिन् त्यहाँ उनको सुन्दरता र पहिरनकै मात्र चर्चा हुन्छ । केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा पनि उनी सबैको आकर्षणको केन्द्र बनेकी थिइन् । 
 
तश्बिर : विवेक बस्याल
Most Visited News (monthly)