Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि टाइगर बन्दै सलमान, क्याटरिना ‘इन’ कि ‘आउट’ ?

एजेन्सी, मुम्बई, 2018/07/08
 
'रेस ३' बक्सअफिसमा सफल भएपछि अब बलिउड सुपरस्टार सलमान खान आफ्नो हिट फ्रेन्चाइजी 'एक था टाइगर' को तेस्रो सिरिजमा पनि जोडिने भएका छन् । यो फिल्म बनाउनका लागि सलमानले स्वीकृत दिएका छन् । 
 
'टाइगर...' को दुई सिरिज हिट साबित भएका थिए । अब दर्शकलाई तेस्रो भागको प्रतिक्षा छ । टाइगरको नयाँ अध्यायमा कहानी के हुनेछ त्यसको खुलासा गरिएको छैन । तर, तेस्रो पटक पनि सलमान नै यो जासूसी ड्रामा फिल्ममा टाइगरको भूमिकामा देखिनेछन् । 
 
सलमान अहिले आफ्नो नयाँ प्रोजेक्ट 'भारत' मा व्यस्त छन् । यसपछि उनले 'दबंग ३' लाई समय दिने तालिका छ । दुई फिल्मको छायांकन सकिएपछि उनले 'टाइगर' को तेस्रो सिरिजको काम सुरु गर्नेछन् । 
 
पछिल्लो दुई फिल्ममा सलमानसँग अभिनेत्री क्याटरिना कैफ नै लिड एक्ट्रेस थिइन् र यो जोडीले निकै धूम मच्चाएको थियो । भारतीय मिडियाका अनुसार, यसको तेस्रो सिरिजमा पनि सलमान र क्याटरिनाको जोडी दोहोरिने प्रवल सम्भावना छ । 
Most Visited News (monthly)