Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कायरा’ ट्रेलर फिडब्याक : ‘लभस्टोरी फिल्ममा आर्यन बेस्ट’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/08
गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'रुद्रप्रिया' पछि पर्दामा देखिएका छैनन् अभिनेता आर्यन सिग्देल । केही वर्ष अगाडिसम्म महिनैपिच्छे नयाँ फिल्म लिएर हल छिर्ने उनी अब संख्या बढाउन नभई गुणस्तरमा ध्यान दिने सोचमा छन् । 
 
सबैभन्दा चाँडो स्टारडम कमाउने र उतिक्कै चाँडो गुमाउने अभिनेताको सूचीमा दरिने उनी अब आफू निर्मित तथा अभिनीत नयाँ फिल्म ‘कायरा’ बाट आफ्नो पूरानो क्रेज फिर्ता गर्ने धाउन्नमा छन् । 
 
 
साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्ममा आर्यनले अहिलेकी सर्वाधिक 'डिमाण्डेड' अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गरेका छन् । फिलिपिन्समा यसको अधिकांश छायांकन भएको हो । 
 
म्यूजिकल लभस्टोरी जनरामा निर्मित ‘कायरा’ को करीब २ हप्ता अगाडि कलरफूल ट्रेलर सार्वजनिक भएको थियो, जसले दर्शकको ध्यान खिच्न सफल भएको छ । यूट्युबमा साढे ८ लाखभन्दा बढी पटक हेरिसकिएको ट्रेलरमा २ हजार बढीले कमेन्ट लेखेका छन्, त्यो पनि अधिकांश सकारात्मक । 
 
ईश्वर सापकोटा कमेन्टमा लेख्छन्, 'नाइस ट्रेलर । बेस्ट अफ लक 'कायरा' टिम ।'  लभस्टोरी फिल्ममा आर्यन जस्तो कुनै पनि हिरो नसुहाउने अन्जान अविनास बताउँछन् । 'आर्यन सिग्देलको कमब्याक दाम्मी लाग्यो', कमेन्टमा स्वस्तिक लामिछानेले लेखेका छन् । 
अभिनेत्री साम्राज्ञीका लागि पनि उस्तै सुन्दर शब्दहरु लेखिएका छन् । धेरैले उनको स्वरको प्रशंसा गरेका छन् । आर्यनसँग जोडी सुहाएको कमेन्ट पनि ‘कायरा’ को ट्रेलरको कमेन्ट बक्समा प्रशस्तै भेटिन्छन् । पहिलो पटक यो कपलले स्क्रिन साझेदार गरेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत बनेको छ । 
 
ट्रेलर हेर्नुस् :-

 

‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । 
 
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
Most Visited News (monthly)