सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशनमा बनेको मल्टिस्टारर फिल्म ‘कथा काठमाण्डु’ को फस्टलुक पोस्टरमार्फत् प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म असोज १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
पोस्टरमा फिल्मका प्रमुख तीन जोडी फिचर्ड छन् । यसमा अभिनेत्री प्रियंका कार्कीको रोमान्स आफ्नो रियल प्रेमी आयुष्मान देशराज जोशीसँग नभई अभिनेता प्रमोद अग्रहरीसँग रहेको पोष्टर बोल्छ । प्रियंका र आयुष्मानको प्रेमको सुरुवात यही फिल्मको सेटबाट भएको थियो ।
.jpg)
अभिनेता संयोग कोइरालाको जोडीमा सन्ध्या केसी छिन् भने अभिनेत्री प्रेक्षा अधिकारीसँग आयुष्मानले रोमान्स गरेका छन् । निर्देशक श्रेष्ठका अनुसार, तीन भिन्नभिन्न कथालाई बुनेर एउटा सिंगो कथा बनाइएको छ ।
फिल्मको पटकथासमेत निर्देशक स्वयमको हो । विजय राईको निर्माण रहेको ‘कथा काठमाण्डु’ मा लुज सिंहको छायांकन र मित्र गुरुङको सम्पादन छ ।

