Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रेस ३’ को ‘झुर’ रेस्पोन्सले विग्रियो सलमान र रेमोको सम्बन्ध ?

एजेन्सी, मुम्बई, 2018/07/07
फिल्म ‘रेस ३’ बक्सअफिसमा कमाईको मामलामा अब्बल साबित भएपनि क्रिटिक्स र बढीजसो दर्शकले झुर प्रतिक्रिया दिएका छन् । यो फिल्मको वर्ल्डवाइड कलेक्शन २ सय करोड पुगिसकेको छ । 
 
भारतीय मिडियाका अनुसार, फिल्मलाई मिलेको अडियन्सको खराब रेस्पोन्सपश्चात् अहिले निर्देशक रेमो डिसूजा र अभिनेता सलमान खानबीच सम्बन्ध ठिकठाक छैन । तर यो कुरा नकार्छन् निर्देशक रेमो । उनले आफूहरु बीच कुनै समस्या नभएको बताएका छन् । 
 
 
एक अन्तर्वार्तामा उनले भने, 'हामीबीच कुनै समस्या छैन । हाम्रो डान्स फिल्म बनाउने प्लान जारी छ । यो प्रोजेक्ट तब सुरु हुन्छ जब सलमानको 'भारत' र 'दबंग ३' को छायांकन सकिनेछ ।' 
 
उनले अगाडि भने, 'हाल म वरुण धवन र कटरीना कैफ स्टारर फिल्ममा काम गरिरहेको छु । सलमान पनि 'भारत' मा व्यस्त छन् । फेरि उनी 'दबंग ३' को काम सुरु गर्दैछन् । त्यसपछि हामी डान्स फिल्मको काम सुरु गर्नेछौं ।'   
 
‘रेस ३’ लाई मिलेको खराब रेस्पोन्स बारेमा अहिलेसम्म सलमान र रेमोले कुनै प्रतिक्रिया दिएका छैनन् । अभिनेता बबी देओलले भने फिल्म खराब भए बक्सअफिसमा राम्रो प्रदर्शन नगर्ने प्रतिक्रिया दिएका थिए ।
Most Visited News (monthly)