Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म ‘नेपाली बाबु’ कै सलोन हुँ : सलोन बस्नेत

फिल्मीखबर, काठमाण्डौ, 2018/07/07
अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ स्टारर फिल्म ‘बाबु कान्छा’ रिलिजको संघारमा छ । ​असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्मको यतिबेला निर्माण टिमले प्रचारमा तिव्रता दिएको छ । 
 
 
गीतसंगीत र ट्रेलरबाट नै चर्चा पाएको फिल्मको टिम मोफसल प्रचारका लागि शुक्रवार हेटौंडा हुँदै चितवन पुगेको छ । टुरमा सलोन र करिश्मासँगै सह-निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रवि अधिकारी छन् । 
 
चितवनमा आयोजित पत्रकार भेटघाटमा आफ्नो कुरा गर्दै अभिनेता बस्नेतले ‘बाबु कान्छा’ स-परिवार बसेर हेर्न मिल्ने फिल्म बनेको बताए । उनले भने, 'मलाई सधैं भन्नुहुन्थ्यो बुबा (शोभित बस्नेत) को एक्सन कटमा कहिले काम गर्ने भनेर । यो फिल्मबाट त्यसको जवाफ दिएको छु ।' उनी दर्शकले फिल्मबाट भरपूर मनोरञ्जन दिने दाबी गर्छन् । 
 
चितवन, बिरगंज, लम्जुङको घले गाँउ र काठमाण्डौमा छायांकन गरिएको फिल्मको बजेट ७० लाख रहेको सलोनले खुलाए । उनले फिल्मको टीजर र ट्रेलरमा १७ वर्ष अघिको फिल्म ‘नेपाली बाबु’ को एक इमोसनल सिन रखिएको प्रश्नमा पनि जवाफ दिए । 
 
'मैले सानोमा धेरै फिल्ममा बालकलाकारको रुपमा काम गरेको थिएँ । बाल कलाकारको रुपमा काम गर्दाको सलोन र अहिलेको सलोन एउटै भएकोले कसैलाई नझुक्किउन भन्न ‘नेपाली बाबु’ को त्यो छोटो अंश ‘बाबु कान्छा’ मा राखेका हौं', उनले भने ।  
 
अभिनेत्री करिश्मा श्रेष्ठले फिल्ममा आफू एक सामान्य यूवतीको भूमिकामा रहेको बताइन् । फिल्म ‘लभ सब’ बाट रजटपटमा भित्रिएकी उनको यो दोस्रो फिल्म हो । ‘बाबु कान्छा’ मा उनले आफ्नो रियल प्रेमी सलोनसँग जोडी बाँधेकी छन् । 
 
यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 
 
 
यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । 
 
उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले 'कर्णवीर' को 'चन्द्रमा झैँ राम्री छौ' गीतलाई रिमिक्स गरेका छन् । 
Most Visited News (monthly)