Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चक्कर’ मा बेडरुमको कथा (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/07
अनुष्क रौनियार निर्देशित फिल्म ‘चक्कर’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सेक्स र क्राइमको मिश्रण छ । अभिनेता अर्पण थापाले आफ्नो अनुहारमा ब्यान्डेज लगाएका छन् भने अभिनेत्री ऋचा शर्मा प्रहरी अफिसर्सको भूमिकामा देखिएकी छिन् । 
 
 
ट्रेलरमा लिड कलाकार द्वय एभोनराज उप्रेती र अर्पणबीच द्वन्द्व देखिन्छ । यस्तै, अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्य समेत जोडिएको छ, जसले फिल्मको कथामाथि केहि सस्पेन्स पनि छोड्छ ।
 
नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । निर्देशक अनुष्कले बेडरुम ड्रामा, क्राइम तथा सस्पेन्स थ्रिलर जनरामा फिल्म बनेको बताए । नियमित रुपमा बन्दै आएका नेपाली फिल्महरु भन्दा केहि पृथक बाटोमा रहेर फिल्म बनाएको उनले बताए ।
 
अभिनेत्री ऋचाले आफूले पहिलो पटक प्रहरीको भूमिका निभाएको भन्दै दर्शकलार्इ ‘चक्कर’ को खुराक मनपर्ने बताइन् । अर्पण र सृजना पनि फिल्मलाई लिएर आशावादी देखिए । 
 
सिमित बजेटमा निर्माण भएको यो फिल्मको सम्पादनको काम पनि निर्देशक स्वयंमले गरेका छन् । कथा, पटकथा र संवाद पनि अनुष्कको नै हो । 
 
साउन ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको सम्पादन पनि निर्देशक रौनियारले स्वयमले गरेका छन् । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार फिल्ममा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ । 
 
ट्रेलर :-

Most Visited News (monthly)