Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुन्नुस् यस्ता छन् ‘यो पागल मन’ का गीत

फिल्मीखबर, काठमाण्डौ, 2018/07/06
यही असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो पागल मन’ को अडियो जुकबक्स सार्वजनिक भएको छ । शिर्ष गीतसहित फिल्ममा चार गीत समावेश छन् । 
 
यूट्युबमा सार्वजनिक भएको अडियो जुकबक्समा 'मार्‍यो मार्‍यो मायाले मार्‍यो', 'समयमै नचिन्दा तिमो माया' र 'पटियाला कुर्ता' गीत सुन्न सकिन्छ । 
 
‘यो पागल मन’ को अडियो जुकबक्स :-

 

कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । ऋचा सिंह ठकुरी, विनोद न्यौपाने, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।  
 
अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् । 
 
कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् । 
Most Visited News (monthly)