Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा रेखाको चित्तदुखाई

फिल्मीखबर, काठमाण्डौ, 2018/07/06
संख्यात्मक हिसाबले अभिनेत्री रेखा थापाले २ सय बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । कति बक्सअफिसमा सुपरडुपर हिट भए त कति पत्तासाफ पनि । हिरोइन पनि हिरो बन्नसक्छ भन्ने ट्रेन्ड नेपाली फिल्ममा उनले नै सुरु गरेकी हुन् । 
 
 
साहसी र नम्वर वान नायिकाको ट्यागमा वर्षौदेखि लडिबुडी गरिरहेकी उनले आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा चित्तदुखाई सुनाएकी छन् । 
 
'रमाइलो छ' अनलाइनको प्रथम बार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकामा आफ्नो भोगाई र बुझाई सुनाउँदै उनले मिडियाले आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ नभनेकोमा दुखेसो पोखिन् । 
 
उनी लेख्छिन्, 'पन्ध्र वर्ष भयो 'ब्याक टू ब्याक' हिट फिल्म दिएको, त्यो पनि एक्लैको भरमा । हिरोइन पनि हिरो बन्नसक्छ भनेर देखाएँ । तर आज मलाई ‘मेघास्टार’ र ‘महानायिका’ भन्न डराउँछन् । तिनै पत्रकार १-२ हिट फिल्म दिएको भरमा नयाँलाई 'मेघास्टार' भन्न हिच्किच्याउँदैनन् । यो एकदमै गलत कुरा हो ।' 
 
उनको यो गुनासो मिडियामाथि भएपनि सुपरस्टार अनमोल केसीलाई 'मेघास्टार' भनिएको प्रति थियो । सञ्चारकर्मी नरेश भट्टराई र केही प्रशंसकबाहेक अनमोललाई मिडियाले 'मेघास्टार' को ट्याग दिएको छैन । तर, उनले मिडियामाथि नै सबै दोस थोपरेकी छिन् । 
 
 
(‘रमाइलो छ’ स्मारिकामा अभिनेत्री रेखा थापा सम्बन्धित सामाग्रीको अंश)
 
पछिल्लो समय मिडियाले केही कलाकारलाई चाहिनेभन्दा धेरै प्रशंसा, हाइप र उचाई दिलाएकोप्रति पनि रेखाले आफ्नो लेखमा असन्तुष्टिको शब्द खर्चिएकी छन् । उनले उक्त लेखमार्फत् आफ्ना पूर्व पति छविराज ओझाले शिल्पा पोखरेलसँग २ वर्ष पहिला नै विवाह गरेको समेत खुलासा गरेकी छन् । 
 
(हेर्नुहोस् ‘रमाइलो छ’ स्मारिकामा अभिनेत्री रेखा थापा सम्बन्धित पुरा सामाग्री)
 
Most Visited News (monthly)