सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ ले यतिबेला घरेलू बजारमा पैसाको वर्षात गरिरहेको छ । फिल्म पहिलो हप्तामा नै २ सय क्लबमा इन्ट्री भएको छ । २९ जूनमा रिलिज भएको फिल्मले प्रदर्शनको ७ दिनमा २०२. ५१ करोडको आँकडा पार गरेको छ ।
फिल्मले कमाईको मामलामा बलिउडका कयौं बल्कबस्टर फिल्मलाई समेत मात ख्वाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै फिल्मको १ हप्ते बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् ।
'सञ्जू' ले शुक्रवार ३४.७५ करोड, शनिवार ३८.६० करोड, आइतवार ४६.७१ करोड, सोमवार २५.३५ करोड, मंगलवार २२.१० करोड, बुधवार १८.९० करोड र बिहीवार १६.१० करोडको कलेक्सन गर्दै भारतमा कूल २०२.५१ करोड कमाएको छ ।
.jpg)
१. '३ इडियट्स' को कलेक्सनभन्दा 'सञ्जू' माथि
राजकुमार हिरानी निर्देशित 'सञ्जू' को फर्स्ट वीक कलेक्शनले '३ इडियट्स' को लाइफटाइम कलेक्सन २०२.४७ करोडलाई समेत पछाडि छाडेको छ । आमिर खान स्टारर यो फिल्मले नै बक्सअफिसमा २ सय करोडको ट्रेन्ड सुरु गरेको थियो । अब हिरानीको नै दोस्रो फिल्म 'सञ्जू' ले यो रेकर्ड तोडेको छ ।
२. २ सय करोड कमाउने रणबीरको पहिलो फिल्म
फिल्म 'सञ्जू' २ सय करोड क्लबमा सामेल भएपछि यो अभिनेता रणबीर कपूरको सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बनेको छ । अहिलेसम्म 'ये जवानी है दीवानी' १९०.०३ करोडको लाइफटाइम बिजनेससँगै उनको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको थियो ।
३. नन-होलिडे २ सय करोड कमाउने दोस्रो फिल्म
'सञ्जू' नन-होलिडेमा एक हप्ताभित्र २ सय करोड कमाउने दोस्रो फिल्म बनेको छ । यो लिस्टको पहिलो नम्बरमा 'बाहुबली २' छ, जसले नन-होलिडे ७ दिनमा २४७ करोड कमाएको थियो ।
४. एक दिनमा सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म
रणबीरको फिल्मले एक दिनमा सबैभन्दा बढी कलेक्सन गर्ने 'बाहुबली' को रेकर्ड समेत ध्वस्त पारेको छ । 'बाहुबली' ले तेस्रो दिन ४६.५० करोड कमाएको थियो । जुन एक रेकर्ड थियो । तर, 'सञ्जू' ले प्रदर्शनको तेस्रो दिन ४६.७१ करोड कमायो । यो भारतमा एक दिनमा कुनै फिल्मको सबैभन्दा बढी कमाईको रेकर्ड हो ।
५. २०१८ को सबैभन्दा ठूलो ओपनिङ डे फिल्म
'सञ्जू' वर्षको हाईएस्ट ओपनिङ वीकेन्ड फिल्म बनेको छ । फिल्मले पहिलो दिन ३४.७५ करोडको कमाईसँगै 'रेस ३' र 'बागी २' को रेकर्ड समेत तोडेको छ । पहिलो दिन 'रेस ३' ले २९.१७ र 'बागी २' ले २५.१० करोड कमाएको थियो ।
६. सबैभन्दा ठूलो वीकेन्ड ओपनर फिल्म
अहिलेसम्म सञ्जय लीला भंसालीको फिल्म 'पद्मावत' को नाम ११४ करोडको कमाईसँगै सबैभन्दा ठूलो वीकेन्ड ओपनरको रेकर्ड थियो । 'पद्मावत' को वीकेन्ड ५ दिनको थियो । तर, 'सञ्जू' ले ३ दिनमा नै १२०.०६ करोडको कलेक्सन निकाल्यो ।

