साउन २५ गते प्रदर्शनमा आउन लागेको फिल्म हो ‘कहिँ कतै’ । यसका निर्देशक सबिर श्रेष्ठ हुन् भने उमा 'बेबी' गिरीको अभिनय र निर्माण छ ।
.jpg)
गएको महिना राजधानीमा एक कार्यक्रमका बीच यो फिल्मको गीत सार्वजनिक गरिएको थियो, जहाँ निर्देशक श्रेष्ठ उपस्थित भएनन् । यसपछि निर्मात्री उमाको पारो उढ्यो र आफ्नो भनाई राख्ने क्रममा उनी निर्देशमाथि खनिइन् ।
‘स्वार्थी निर्देशक’ को संज्ञा दिँदै उनले भनिन्, 'फिल्म राम्रो बन्नमा सबैको हात हुन्छ । निर्देशकको त झन् महत्वपूर्ण भूमिका हुन्छ । तर, सविर जीले पटक-पटक हामीलाई धोका दिनुभएको छ । एकपटक विना कुनै जानकारी सुटिङ सेट नै छाडेर जानुभएको थियो । अहिले फोन गरेर जानकारी दिँदा समेत उपस्थित हुनु भएन ।'
निर्माता गिरीले आफूमााथि लगाएको आरोपबारे निर्देशक श्रेष्ठले कुनै प्रतिक्रिया जनाएनन् । तर, उनको ‘कहिँ कतै’ निर्मात्रीसँग ‘पानी बाराबार’ भयो । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा भने निकै रोचकको दृश्य देखियो ।
निर्मात्री उमा र निर्देशक श्रेष्ठ नचाहँदा-नचाहँदै एकअर्काको आमने-सामने हुन बाँध्य भए । उनीहरुले तर्किने प्रयास पनि गरे तर मिडिया सामुन्ने देखेपछि दुवै बोल्न विवश भए । दुवैले केहीबेर कुराकानी गरे र अन्य व्यक्तिसँग भेटघाटमा व्यस्त देखिए ।
‘पानी बाराबार’ भएका सबिर र उमाबीच यो भेटले बोलचालको सुरुवात गर्यो वा अझै वारपारकै अवस्था छ ? यो भने समयले बताउनेछ ।
.jpg)
आफूले निर्देशन गरेको फिल्मप्रति निर्देशकले कुनै चासो नराख्दा निर्माता आक्रोशित हुनु नौलो होइन । र, यो पहिलो पटक पनि होइन । एउटा निर्माताले लाखौंको बजेट निर्देशकको भरमा खन्याएको हुन्छ । फिल्म निर्देशन गरिसकेपछि आफ्नो धर्म सकिएको ठान्नु गलत हो ।

