Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.50/5.00)
Text size:-
+
-

रेखाको खुलासा : ‘शिल्पा र छविराजको बिहे भइसक्यो’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/05
अभिनेत्री रेखा थापाले आफ्नो पूर्व पति तथा निर्माता छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गरिसकेको रहस्यको पर्दाफास गरेकी छिन् । 'रमाइलो ६' अनलाइनको प्रथम वार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकामा आफ्नो विचार लेख्दै उनले यो कुराको खुलासा गरेकी हुन् । 
 
उनले छविराज र शिल्पाको विवाह २ वर्ष अगाडि नै भएको समेत गोप्यता खोलेकी छन् । रेखाले डिभोर्स भएपनि आफ्नो नाम पटक-पटक छविराज ओझासँग जोड्दा 'इरिटेट' हुने गरेको बताइन् ।
 
 
उनी लेख्छिन्, 'कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छविराज ओझासँगको प्रेम, बैबाहिक सम्बन्ध र त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधिमा पाठक/दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छविराज ओझासँग अहिले पनि जोडिन्छ, जबकि डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई वर्ष भइसक्यो ।' 
 
छविराज ओझा र शिल्पा पोखरेलले विवाह गर्न लागेको खबर बारम्बार बाहिर आइरहँदा रेखाको यो खुलासाले सिनेवृतमा तरंग ल्याएको छ । उनले आफूमाथि मिडियाले विभेद गरेको भन्दै दुखेसो समेत पोेखेकी छन् । 
 
 
रेखा थापाको लेख (रमाइलो ६ स्मारिकाबाट)
 
'जसले विवाह गरिसकेको उसलाई उसको बैबाहिक जीवनको बारेमा सोध्दा हुन्छ नी ? तर पटक-पटक ममाथि नै किन प्रहार गरिन्छ ?' रेखाले मिडियालाई प्रश्न छाडेकी छन् ।
 
के छविराज र शिल्पाको विवाह भइसकेकै हो त ? आखिर हो भने किन लुकाइयो ? पूर्व पत्नीको यो खुलासामा छविराजको प्रतिक्रिया अब सबैका लागि चासोको विषय रहनेछ । 
Most Visited News (monthly)