Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नालापानी’ मा भिएफएक्सको अधिक प्रयोग हुने

फिल्मीखबर, काठमाण्डौ, 2018/07/05
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको फिल्म ‘नालापानी’ सम्पादन टेवुलमा पुगेको छ । 
 
 
सम्पादनसँगै फिल्मको भिएफएक्सको काम पनि एकसाथ चलिरहेको छ । भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरेका थिए ।
 
नालापानीको छायांकन आफूले सोचे जस्तै भएको र यो फिल्म नेपाली फिल्म उद्योगमा एक उदाहरणिय बन्ने निर्देशक रिमेश अधिकारीले बताए । 'हरेक नेपालीले गर्व गर्न लायक फिल्म बन्नेमा म बिश्वस्त छु', अधिकारीले भने, 'नेपाली सेनाले समेत खुलेर चलचित्रलाई सहयोग गर्‍यो । नभए २०४ बर्ष अघिको इतिहास बनाउन एकदमै कठिन थियो ।' 
 
निर्देशक अधिकारीले सफलतापूर्वक छायांकनमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिईएको यो फिल्म विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन भएको छ ।
 
यो फिल्ममा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ ।
 
 
पद्मा कुमारी फिल्मस प्रा.ली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । 
 
रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन  गरेका छन् । प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित छ । 
Most Visited News (monthly)