Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घर फर्किए विनय र सृष्टि (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/05
अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को स्याड भर्सन गीत रिलिज भएको छ । ‘साँझ पर्‍यो’ बोलको गीतको भिडियोमा विनय (रोमियो) र सृष्टि (मुना) एकअर्कासँग विदा भएर घर फर्किँदैछन् । 
 
 
कालीप्रसाद बाँस्कोटाको संगीत रहेको गीत काली र एकतारेले मिलेर लेखेका छन् । गीतलाई भारतीय गायक गौरव डगाओंकरले गाएका हुन् । 
 
नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’ मा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको पनि अभिनय छ । 
 
साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले संयूक्त रुपमा निर्माण गरेका छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)