Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कहिँ कतै’ पोस्टरमा दीलिप स्याड, सिवानी र सोनम रोमान्टिक

फिल्मीखबर, काठमाण्डौ, 2018/07/05
साउन २५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कहिँ कतै’ का तीन अफिसियल पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा नायक दीलिप रायमाझीको साथमा नव-कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई मुख्य स्थान दिईएको छ । 
 
एक पोस्टरमा भने नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा 'बेबी' गिरीलाई पनि समेटिएको छ । पोस्टरमा दीलिप स्याड मुडमा फिचर छन् । सिवानी र सोनमको यो डेब्यु फिल्म हो ।
 
 
सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली फिल्ममा अभिनय गरिरहेकी छिन् ।
 
शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । 
 
अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ । सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको 'कहिँ कतै' लाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दैछन् ।
Most Visited News (monthly)