Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनिषको ‘ब्याड–लक’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/05
नेपाली फिल्ममा भित्रिएका सबै नयाँ अनुहारको भाग्य चम्किन्छ भन्ने छैन । गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'रानी' बाट डेब्यु गर्दा अभिनेता मनिष सुन्दर श्रेष्ठलाई सम्भावना बोकेको नायकको रुपमा हेरिएको थियो । 
 
तर, फिल्म रिलिजपछि दर्शकले उनको क्यूट लुक्स त मनपराए तर अभिनयमा दम देखेनन् । डेब्यु फिल्म बक्सअफिसमा चुर्लुम्मै डुब्दा करिअरको सुरुवात विन्दूमै उनलाई ठूलो झट्का लाग्यो । अब हातमा फिल्म आउँछ वा आउँदैन भन्ने दोधारका बीच उनले दोस्रो फिल्म पाए । 
 
अभिनयको हिसाबले 'तिमी हुन्छौं जहाँ जहाँ' मनिषको दोस्रो फिल्म हो । यो फिल्म गएको असार ८ गते प्रदर्शनमा आएको थियो । 'रानी' फेम्ड अभिनेत्री मलिना जोशीसँगै उनले उक्त फिल्ममा पनि रोमान्स गरेका थिए । तर, ‘ब्याड–लक’ यो फिल्म पनि चलेन । 
 
दुई फिल्म बक्सअफिसमा पत्तासाफ हुँदा अब उनलाई राम्रा ब्यानरले पत्याउन गाह्रो छ । सानातिना फिल्म त हातमा पर्ला तर नतिजा पुरानै नदोहोरिएला भन्न सकिन्न । अहिले उनी बसन्त अधिकारीको निर्देशनमा बनिरहेको फिल्म 'जानी-नजानी' मा व्यस्त छन् । 
 
पुराना अभिनेता शिव श्रेष्ठका भतिज समेत रहेका मनिषले यो फिल्ममा कलाकार विश्व बस्नेतकी छोरी निरिशा बस्नेतसँग रोमान्स गरेका छन् ।
 
आशा गरौँ, उनको नफुल्दै फक्रिन लागेको अभिनय यात्राको बोटमा 'जानी-नजानी' ले मलजल गर्नेछ । 
Most Visited News (monthly)