Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि पर्दामा शाहरुख र काजोलको जोडी ?

एजेन्सी, मुम्बई, 2018/07/05
बलिउड सुपरस्टार शाहरुख खान र काजोलले 'कुछ कुछ होता हे', 'कभी खुशी कभी गम', 'माई नेम इज खान' जस्ता सुपरहिट फिल्ममा सँँगै काम गरेका छन् । यो जोडी फेरि पर्दामा देखिन सक्ने सम्भावना बढेको छ । 
 
एक न्यूज पोर्टलका अनुसार, काजोल र शाहरुख करण जोहरको एक नयाँ फिल्ममा फेरि एकपटक सँगै देखिन सक्नेछन् । करण अहिले आफ्नो नयाँ प्रोजेक्टका लागि स्क्रिप्टको काममा व्यस्त छन् र उनले शाहरुख र काजोलसँग सम्पर्क गरेका छन् । 
 
 
बलिउडको यो चर्चित रोमान्टिक जोडी राज-सिमरन, राहुल-अञ्जली जस्तो भूमिकामा देखिसकेका छन् । पछिल्लो पटक यी दुई अभिनीत नयाँ फिल्म 'दिलवाले' रिलिज भएको थियो । 
 
शाहरुख खान अचेल फिल्म 'जिरो' को छायांकन र काजोलले हालैमा हलिउडको एनिमेटेड फिल्म 'इनक्रेडिबल्स-२' का लागि आवाज दिएकी थिइन् । लामो समयपछि करण जोहरको ब्यानर काम गर्न लागेको यो जोडीले पर्दामा  कस्तो कमाल गर्ला ? हेर्न बाँकी छ । 
Most Visited News (monthly)