Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के होला बोर्ड अध्यक्ष निकिताको नियुक्ति ?

फिल्मीखबर, काठमाण्डौ, 2018/07/05
भदौ १४ देखि फागुन २ सम्म पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु वर्तमान सरकारले बदर गर्ने भएपछि चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलको पद धर्मसंकटमा परेको छ । 
 

बुधबार साँझ अबेर सकिएको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचार संहिता लागू भएपछि देउवा सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको हो ।
 
बैठकपछि सरकारका प्रवक्ता एवम् सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल सरकार अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, समिति, कम्पनी, बैंक वा अन्य संस्थामा मन्त्रिपरिषद् वा मन्त्रीस्तरबाट भएका सबै नियुक्ति र मनोनयन खारेज भएको जानकारी दिए । 
 
जसअनुसार गएको मंसिर २५ गते चलचित्र विकास बोर्डको अध्यक्ष सम्हाल्ने जिम्मेवारी पाएकी निकिता पौडेलको नियुक्ति पनि खारेज हुनसक्ने प्रवल सम्भावना छ । तर, उनले बोर्ड अध्यक्षका लागि गएको भदौमा खुल्ला आवेदन दिएकी थिइन् ।
 
न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले आवेदन दिन पाउने नियम अनुसार योग्य ठहरिएपछि उनी चलचित्र विकास बोर्डमा नियुक्त भएकी थिइन् । 
 
निकिता १५ वर्ष लामो बोर्डको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । उनी बोर्ड अध्यक्षमा नियुक्त भएको ६ महिना भइसकेको छ । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।
Most Visited News (monthly)