Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पा भन्छिन्, ‘छविराजको बायोपिक बने हिरोइन म नै’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/04
गएको हप्ता प्रदर्शनमा आएको राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जू’ ले भारतीय बक्सअफिसमा सानदार कलेक्सन गरिरहेको छ । यो बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म हो । नेपालमा समेत यो फिल्मले राम्रो पैसा छापेको छ । 
 
बलिउडमा लगालग बायोपिक फिल्मले राम्रो कलेक्सन गरिरहेको अवस्थामा नेपालमा पुस्तकमाथि फिल्म निर्माण भएपनि बायोपिक फिल्म बनेका छैनन् । सम्भवतः पहिलो पटक यही असार २९ गते फिल्म 'बोबी' रिलिज हुँदैछ, जुन उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा निर्मित फिल्म हो । 
 
बाघ निर्माताकोे रुपमा चिनिने छविराज ओझाको बायोपिक फिल्म बने कति इन्ट्रेस्टिङ होला ? कुन पात्रमा को फिट होला ? हिरोइन कति जना होलान् ? यो सबैका लागि चासोको विषय हुनसक्छ । 
 
 
छविराजको जीवनमा तीन पात्र विशेष छन् - गीताञ्जली सुनवार, रेखा थापा र शिल्पा पोखरेल । शिल्पासँग विवाह हुने चर्चा चलेता पनि गीताञ्जली र रेखा, छविराजका पूर्व श्रीमती हुन् । अब बायोपिक बने यी तीन जनाको भूमिकामा को सुहाउला ? 
 
असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको आफू अभिनीत नयाँ फिल्म 'वीराङ्गना'को प्रचारमा व्यस्त अभिनेत्री शिल्पा पोखरेलले सञ्चारकर्मीको यस प्रश्नमा आफ्नो विचार राखेकी छिन् ।
 
उनी भन्छिन्, 'उहाँको जीवनमा धेरैजना जोडिँदै आउनु भएको छ । तत्काल बन्यो भने त मेरो भूमिकामा म नै हुन्छु होला । रेखाजीको ठाउँमा पनि उहाँ नै हुनुहुन्छ होला । किनकी उहाँ अझै पनि स्क्रिनमा आइरहनु भएको छ । गीताञ्जली दिदीको ठाउँमा स्वस्तिमा खड्का फिट हुनुहुन्छ होला जस्तो लाग्छ ।'
 
उनले छविराज ओझाको बायोपिक बनाउन सजिलो नहुने बताउँछिन् । उनी थप्छिन्, 'धेरै अनुसन्धान गर्नुपर्छ उहाँको जीवनीमा फिल्म बनाउन त । सजिलो छ जस्तो लाग्दैन ।' छविराज ओझाको भूमिकामा चाहिँ को फिट होला ? उनी भन्छिन्, 'त्यो त बायोपिक बन्ने बेला मात्रै थाहा हुन्छ ।' 
 
त्यसो त निर्माता छविराज ओझाको जीवनीमा एउटा कमर्शियल फिल्म बन्न सक्छ । उनको रियल जीवन फिल्मभन्दा कम छैन । उनको जीवनमा संघर्षसँगै रोमान्सका पाटो पनि प्रशस्तै छन्, जुन फिल्म बन्नका लागि काफी छन् । 
Most Visited News (monthly)