Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एमएस धोनी’ को सिक्वेल बन्ने !

एजेन्सी, मुम्बई, 2018/07/04
इन्डियामा जति क्रिकेटको क्रेज छ, त्योभन्दा कयौं बढी टीम इन्डियालाई वर्ल्ड च्याम्पियन बनाउन सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीको छ । यही कारण वर्ष २०१६ मा धोनीमाथि बनेको फिल्म 'एमएस धोनी : द अनटोल्ड स्टोरी' ले बक्सअफिसमा बम्पर कलेक्सन गर्‍यो । 
 
यो फिल्ममा धोनीको भूमिका बलिउड अभिनेता सुशान्त सिंह राजपूतले निभाएका थिए । अब धोनीका फ्यानका लागि एक खुसीको खबर छ । अंग्रेजी वेबसाइट मिड डेका अनुसार, महेन्द्र सिंह धोनीमाथि सिक्वेल फिल्म बन्ने प्रवल सम्भावना छ । 
 
 
दोस्रो सिरिजमा धोनीको कप्तानीमा टीम इन्डिया वर्ल्ड च्याम्पियनपछिको कहानी देखाइनेछ । महेन्द्र सिंह धोनीको क्रिकेटिङ करिअरसँगै सिक्वेल फिल्ममा उनको पर्सनल लाइफको बारेमा पनि देखाइनेछ । 
 
मिड डेको सोर्सका अनुसार, सिक्वेलमा यस वर्ष आईपीएलमा धोनीको कप्तानीमा चेन्नई सुपर किंग्स च्याम्पियन बनेको पनि हेर्न पाइनेछ । धोनीको भूमिकामा सुशान्त सिंह राजपूत नै नयाँ पार्टमा फिट देखिएका छन् । 
Most Visited News (monthly)