Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाबु कान्छा’ को गीतमा शम्भुजितको स्वर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/07/03
एक समय नेपाली फिल्मका गीतमा शम्भुजित बाँस्कोटाको स्वर अनिवार्य हुन्थ्यो । उनले वजनदार आवाजमा भरेका सयौं गीतहरु अझै पनि कालझै छन् । तर, पछिल्लो समय उनले गाएका गीतहरु निकै कम सुन्न पाइन्छ । 
 
 
अझ बाँस्कोटाले फिल्मका गीतमा आवाज नभरेको त धेरै समय भइसकेको छ । नेपाली फिल्मका गीतमा शम्भुजित बाँस्कोटाको स्वर खोजिरहेका धेरैका लागि एउटा खुसीको खबर छ । उनले असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाबु कान्छा’ को शिर्ष गीत गाएका छन् । 
 
मंगलवार इन्टरनेट रिलिज भएको फिल्मको गीतमा 'मन बिनाको धन ठूलो कि ?' फेम्ड गायक तथा संगीतकार टंक बुढाथोकीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठ फिचर्ड छन् । 
 
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 
 
यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । 
 
उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले 'कर्णवीर' को 'चन्द्रमा झैँ राम्री छौ' गीतलाई रिमिक्स गरेका छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)