Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जापानमा ‘कान्छी’ निर्देशक सम्मानित

फिल्मीखबर, काठमाण्डौ, 2018/07/02
 
गएको वर्ष नेपालमा प्रदर्शनमा आएको हिट फिल्म ‘कान्छी’ को प्रदर्शनका लागि जापान पुगेका निर्देशक आकाश अधिकारी सम्मानित भएका छन् । आइतवार टोकियोस्थित नाकानो जेरो सिटी हलमा फिल्मको विशेष प्रदर्शनसँगै विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको छ । 
 
नेपाल जापान विजनेश काउन्सिल, द स्काइ मूभिज प्रा.लि. र साईनो इन्टरटेन्टमेन्टको संयूक्त आयोजनामा “जापानमा नेपालको पर्यटन प्रर्बद्धन” मा टेवा पुर्‍याउने उद्देश्यले नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउन योगदान गरेका जापानी नागरिकहरुलाई विशेष सम्मान गरिएको हो । 
 
अधिकारीसँगै स्व. जनुको तावेइ, मिउरा युउइचिरो, खाकिमि काजुमासा, डा. इतो तोसिआकि र नोजु हारुहितो पनि कार्यक्रममा सम्मानित भए ।  कार्यक्रम संयोजक सुजन पन्तले जापान र नेपाल बीचमा पुलको भूमिका निर्वाहा गरि चौतर्फी रुपमा राष्ट्रको हकहितमा काम गर्ने व्यक्तिलाई सम्मान गरेको बताए । 
 
कार्यक्रममा बोल्दै ‘कान्छी’ का निर्देशक अधिकारीले नेपाल र जापानको सम्बन्धमा सुधार भए पर्यटन प्रर्बद्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनलाई नेपाली चलचित्र क्षेत्रको गुणस्तर प्रविधि विकास र चलचित्र प्रर्बद्धनमा पुर्‍याएको योगदानको मुल्याङ्कन र कदर गर्दै सम्मान गरिएको हो । 
 
 
यस्तै, ‘कान्छी’ लाई जापानबासी नेपालीले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्म हेरेर फर्किँदै गर्दा अधिकांशका आँखा रसाएका थिए । यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् भने श्वेता खड्का र दयाहाङ राईको प्रमुख भूमिका छ । 
Most Visited News (monthly)