Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोस्टरमा यस्तो देखियो ऋचा र विनोदको ‘यो पागल मन’

फिल्मीखबर, काठमाण्डौ, 2018/07/01
असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री ऋचा सिंह ठकुरी र अभिनेता विनोद न्यौपाने स्टारर फिल्म ‘यो पागल मन’ को पोस्टर सार्वजनिक भएका छन् । पोस्टरले यी दुईको प्रेमभाव बोल्छ । 
 
 
कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ ।  
 
अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् । 
 
कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् । 
Most Visited News (monthly)