Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पुरानो बुलेट’ फ्लोरमा, अनुपको रोमान्स वर्षा र मालासँग

फिल्मीखबर, काठमाण्डौ, 2018/07/01
 
अभिनेता अनुप विक्रम शाही स्टारर नयाँ फिल्म ‘पुरानो बुलेट’ को छायांकन आरम्भ भएको छ । असार १६ गते शनिवारबाट फिल्मको छायांकन राजधानीबाट सुरु भएको हो । 
 
काठमाडौंका बिभिन्न स्थानमा छायांकन सकेर ‘पुरानो बुलेट’ निर्माण टिम पूर्वाञ्चल प्रदेश नं. १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए । भिषण राईले यो फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन् । 
 
पूर्वाञ्चलका विभिन्न स्थानहरुमा ‘पुरानो बुलेट’ को छायांकन हुने निर्देशक राईले जानकारी दिए । यसमा अनुपसँगै अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बु प्रमुख भूमिका रहेका छन् । फिल्मलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गर्दैछन् । 
 
कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुकोे पनि अभिनय रहने यस फिल्मको निर्माण लागत १ करोड रहने बताइएको छ । 
 
 
निर्देशक भिषण र कार्यकारी निर्माता सन्तोषको कथा तथा पटकथा रहेको छ । ‘पुरानो बुलेट’ मा हरि घले लामाको छायांकन, प्रसान्त तामाङको कोरियोग्राफी, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । 
Most Visited News (monthly)