Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यी हुन् ‘सञ्जू’ का साथी ‘कमली’

एजेन्सी, मुम्बई, 2018/07/01
 
अन्ततः ‘सञ्जू’ ले बक्सअफिसमा धमाकेदार इन्ट्री मारेको छ । यो फिल्म वर्ष २०१८ को सबैभन्दा ठूलो ओपनर फिल्म बनेको छ । यस फिल्ममा सञ्जय दत्तको जिन्दगीका केही महत्वपूर्ण घट्नाहरु देखाइएको छ, जुन निकै कम व्यक्ति मात्र जान्दछन् । 
 
यो हो सञ्जूका साथी कमलीको वास्तविक नाम 
 
फिल्ममा सञ्जय दत्तको निकै नजिकको साथी कमली देखाइएको छ । प‍िंकव‍िलाको र‍िपोर्ट्सका अनुसार, कमलीको वास्तविक नाम परेश गिलानी हो । परेशको रोल फिल्ममा व‍िक्की कौशलले निभाएका छन् । 
 
सञ्जयका साथी परेश बिजनेसम्यान हुन् र अहिले उनी लस एन्जिलसमा सेटल छन् । परेशसँग सञ्जूको मित्रता स्कूलको दिनबाट सुरु भएको थियो । दुईले  जिन्दगीमा सँगै कयौं राम्रो र नराम्रो दिन देखेका छन् । परेशले सञ्जूलाई हरेक मुश्किल समयमा साथ दिएका थिए ।
 
फिल्ममा परेशसँग सञ्जूको भेट नरग‍िस दत्त बिरामी भएको बेला देखाइएको छ । उनी नरगि‍स दत्तको निकै ठूला फ्यान हुन् । सञ्जय र परेशको मित्रता समय सँगसँगै गहिरो हुँदै गयो । परेश लजालु स्वभावका छन्, यसकारण उनी सञ्जूसँग कहिले पनि स्पटलाइटमा आउन चाहेनन् । 
 
 
‘सञ्जू’ फिल्म २९ जूनबाट रिलिज भएको छ । यो फिल्मलाई फ्यान्ससँगै सेलेबले पनि उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । एक्टर सञ्जय दत्तको जिन्दगी जीवित गरेकोमा रणबीरले वाहवाही बटुलिरहेका छन् । सञ्जयको एक्सेन्टदेखि उनको चाल-ढाललाई रणबीरले हुबहु आफ्नो भूमिकामा ढालेका छन् । 
 
‘सञ्जू’ मा सञ्जयको रोलमा रणबीर कपूर, सुनील दत्तको भूमिकामा परेश रावल, नरगिसको भूमिकामा मनीषा कोइराला र मान्यता दत्तको भूमिकामा दिया मिर्जा छन् । राजकुमार हिरानी निर्देशित यस फिल्ममा सोनम कपूर र अनुष्का शर्मा पनि छन् ।
Most Visited News (monthly)