Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

साम्राज्ञीजी, अभिनय शैली परिवर्तन नगर्ने ?

मनिष अन्जान, काठमाण्डौ, 2018/07/01
 
सुपरस्टार अनमोल केसी अभिनीत फिल्म 'ड्रिम्स' बाट ब्रेक पाएकी अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । रेखा थापा, प्रियंका कार्की, केकी अधिकारीजस्ता अभिनेत्रीको एकैखाले भूमिकाबाट आजित भएका दर्शकलाई उनको अभिनय शैली नौलो लाग्यो । 
 
स्टाइल, बोल्ड आवाज र फरक लुक्सका कारण उनलाई दर्शकको नजरमा 'क्लिक' हुन धेरै समय लागेन । 'ड्रिम्स' ले उनको करिअरमा उथलपुथल ल्यायो । उनी अहिले नेपाली फिल्मकी सर्वाधिक 'डिमाण्डेड' अभिनेत्री हुन् । डिमाण्डले जति शिखर चुम्दै छ पारिश्रमिक पनि उनले उतिक्कै चर्को बुझ्ने गरेकी छन् । 
 
जे कुरा पनि पहिलो पटक नयाँ लाग्छ । 'ड्रिम्स' मा फरक अभिनय शैली प्रस्तुत गर्दा 'वाहवाही' बटुलेकी साम्राज्ञीलाई अहिले त्यही शैलीले आलोचित बनाइरहेको छ । उनी अभिनीत 'ए मेरो हजुर २' र 'तिमीसँग' फिल्म रिलिज भइसकेका छन् । तर, यी दुई फिल्ममा उनको अभिनय 'ड्रिम्स' भन्दा नौलो र फरक देखिएन । 
 
 
यस वर्ष उनका दुई फिल्म रिलिजको तयारीमा छन् । साउन १८ गते 'कायरा' र असोज ५ गते 'इन्टु मिन्टु लण्डनमा' रिलिज हुँदैछन् । 'कायरा' को ट्रेलर र 'इन्टु मिन्टु...' को टीजर यूट्युबमा सार्वजनिक भइसकेका छन् । ट्रेलर र टीजर हेर्दा यी दुई फिल्ममा पनि उनको भूमिका र अभिनय शैली पुरानै रहेको धेरैले अनुमान लगाएका छन् । 
 
हुनत, यसमा साम्राज्ञीको मात्र दोष छ भन्दा गलत हुनसक्छ । यहाँ जुन शैली विक्छ, त्यही शैलीमा कलाकारलाई पटक-पटक प्रस्तुत गर्ने गरिन्छ । फिल्म मेकर्स फरक भूमिकामा देखाएर चुनौती मोल्नुभन्दा 'ड्रिम्स' मा झैँ बोल्ड एण्ड स्टाइलिस अवतारमै देखाएर साम्राज्ञीलाई विकाउन तल्लिन छन् । 
 
यसको सबैभन्दा ठूलो असर साम्राज्ञीको कलकलाउँदो फिल्मी करिअरमा पर्ने देखिन्छ । उनले अबको दिनमा आफ्नो अभिनय शैली परिवर्तन गर्नुपर्ने सिनेवृतमा चर्चा चल्न थालेको छ । उनले भने भूमिका र अभिनय शैली परिवर्तन गर्नुपर्ने जिज्ञासालाई कति गम्भिरतापूर्वक लिइरहेकी छिन् ? कि त्यसखाले फिल्मबाट अफरै नआएका हुन् ? 
 
 
फिल्म 'इन्टु मिन्टु लण्डनमा' को टीजर सार्वजनिक कार्यक्रममा उनीलाई पत्रकारले प्रश्न गरे, जसको साम्राज्ञीले सरल उत्तर दिइन्, 'फरक खाले स्क्रिप्टबाट अफर आए म गर्न तयार छु । सधै एउटा कलाकार राम्रो स्क्रिप्टको खोजीमा रहन्छ । म पनि खोजीमा छु । तर अहिलेसम्म भेटेको छैन ।'
Most Visited News (monthly)