हास्यकलाकार तथा निर्माता किरण केसीले आफ्नो ६० औं जन्मदिनको अवसरमा नयाँ फिल्मको घोषणा गरेका छन् । फिल्मको नाम ‘दाल भात तरकारी’ राखिएको छ । उनले आफ्नै सुपुत्र सुदन केसीलाई निर्देशनको जिम्मेवारी दिएका छन् ।
कमेडी जनराको यो फिल्मको छायांकन भदौबाट सुरु हुने किरणले जानकारी दिए । गएको चैत ९ गते उनी निर्मित तथा अभिनीत फिल्म 'शत्रु गते' बल्कबस्टर साबित भएको थियो । फिल्मले प्रदर्शनको ५१ औं दिन समेत मनाएको थियो ।
‘दाल भात तरकारी’ मह सञ्चारको ब्यानरमा किरण केसीले निर्माण गर्नेछन् । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौलालगायतका केही कलाकार फिल्ममा अनुबन्ध भइसकेका छन् । प्राप्त खबरअनुसार, फिल्ममा दीपकराज गिरीको इन्ट्री हुनसक्ने प्रवल सम्भावना छ ।
'राता मकै' उपनामले समेत कहलिएका किरण केसीको जन्मदिनमा हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान पुर्याएको भन्दै कलाकार सन्तोष पन्तलाई र पत्रकार विदुर गिरीलाई सम्मान गरिएको थियो ।

