(1)(1).jpg)
अहिलेकी चल्तीकी कोरियोग्राफर रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ । एक दशक लामो कोरियोग्राफीको अनुभवलाई सर्टिफिकेट मान्दै उनी फिचर फिल्म निर्देशनमा होमिएकी हुन् ।
यो फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगर प्रमुख भूमिकामा छन् । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कलरफूल टीजर सार्वजनिक गरिएको छ । निर्देशक राई यो फिल्मलाई आफ्नो 'ड्रिम प्रोजेक्ट' बताउँछिन् ।
रेनाशाको बारेमा एउटा कुरा निकै कमलाई थाहा छ । उनी लामो समयदेखि विजनेशम्यान प्रभु शमशेर जबराका छोरा प्रज्ज्वल शमशेर जबरासँग प्रेममा छिन् । प्रज्ज्वलकै लगानीमा ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण भएको हो ।
.jpg)
फिल्मको टीजर सार्वजनिक कार्यक्रममा पत्रकारले उनलाई प्रश्न गरे, 'रिल र रियलमा धिरज र प्रज्ज्वलमध्ये को रोज्नुहुन्छ ?' उनले प्रज्ज्वलसँगको प्रेम स्विकार गर्न हिचकिचाइनन् । 'रिल हिरो धिरज र रियल लाइफ हिरो प्रज्ज्वल', उनले भनिन् ।

