Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कहिँ कतै’ गीत : किशोरले मनपराए उमालाई (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/06/29
साउन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कहिँ कतै’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । 'यो मौसम' बोेलको गीतको भिडियोमा अभिनेता किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा 'बेबी' गिरी फिचर छन् । 
 
 
कमल राईले कोरियोग्राफी गरेको गीतमा दुवै एकअर्कालाई मनपराएको र सँगै जिउने मर्ने कुरा गर्दैछन् । सचिन सिंहको संगीत रहेको गीतमा थुप्देन भूटिया र मेलिना राईको स्वर छ । शब्द रचना मनोज राजको रहेको छ ।
 
यो फिल्ममा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको साथमा शिवानी गिरी र सोनम बरफुङ्गपाको अभिनय रहेको छ । सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हुन् । 'कहिँ कतै' लाई सबिर श्रेष्ठले लेखन-निर्देशन गरेका हुन् ।
 
सिक्कीम स्थायि घर भएकी नव-नायिका गिरी मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी थिइन् । हाल उनले अन्य दुई छायांकनरत नेपाली फिल्ममा अभिनय गरिरहेकी छिन् ।
 
शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशक रोशन श्रेष्ठको रहेको छ ।
 
गीत हेर्नुस् :-

Most Visited News (monthly)