फिल्म ‘भारत’ जून २०१९ मा रिलिज हुँदैछ तर फिल्म अहिलेदेखि नै चर्चामा छ । फिल्मलाई लिएर दैनिकजसो नयाँ खुलासा भइरहेको छ । फिल्म पहिला आफ्नो स्टारकास्टलाई लिएर चर्चामा थियो । यस्तैमा यससँग जोडिएको एक नयाँ खबर बाहिर आएको छ ।

‘भारत’ मा अभिनेता सलमान खान स्पेशल टेकनिकद्वारा २५ वर्षको युवकको भूमिका निर्वाहा गर्दैछन् । यस्तै, प्रियंका चोपडाको पनि पाँच अलग-अलग अवतारमा दर्शकले देख्न पाउने भएका छन् ।
डीएनएको रिपोर्ट अनुसार, भारतका निर्देशक अली अब्बास जफरले भने, 'सलमान जस्तै प्रियंका चोपडा पनि फिल्ममा ५ अलग-अलग भूमिकामा देखिनेछिन् । फिल्ममा सलमान खानलाई २५ वर्षदेखि ६५ वर्षसम्मको उमेरमा देखाइनेछ । यस्तै प्रियंका २८ देखि ६० वर्षको उमेरसम्म देखिनेछिन् ।'
फिल्ममा सलमानको कम उमेर देखाउनका लागि एज रिडक्शन टेकनिक अपनाइनेछ । हलिउड फिल्म 'क्यूरियस केस अफ बेन्जामिन बटन' मा अभिनेता ब्रान्ड पिटलाई यस टेकनिकद्वारा उनको उमेर फिल्ममा घटाई-ढाई गरिएको थियो । तर, ‘भारत’ मा प्रियंका चोपडाका लागि यो टेकनिक प्रयोग गरिने छैन ।
‘भारत’ साउथ कोरियन फिल्म 'ओड टू माई फादर' को हिन्दी रिमेक हुनेछ । फिल्ममा भारत स्वतन्त्र भएको समयदेखि अहिलेसम्मको अवस्था देखाउन हाल निर्देशक अली अब्बास जफर र उनको टीम हरेक एक समयको रिसर्च गरिरहेको छ ।
फिल्ममा जीनत अमान, परवीन बाबी, शर्मिला ट्यागोर र शबाना आजमी जस्ता अभिनेत्रीको भूमिका प्रियंका चोपडाले निर्वाहा गर्नेछिन् । यसमा सलमान र प्रियंकासँगै दिशा पाटनी, तब्बू पनि देखिँदैछन् ।

