Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सञ्जू’ सँग सविनको ‘ए सोल्टिनी’ हलमा

फिल्मीखबर, काठमाण्डौ, 2018/06/29
बलिउडका ठूला फिल्म रिलिज हुँदा नेपाली फिल्म रिलिज हुने गरेका उदाहरण निकै कम छन् । हलमा बलिउड फिल्मले उठिबास लगाउने हुँदा नेपाली निर्माता जोखिम मोल्न चाहँदैनन् । 
 
तर, फ्राइडे रिलिज अन्तर्गत यस हप्ताको शुक्रवारबाट बलिउडको बहुप्रतिक्षीत फिल्म ‘सञ्जू’ सँग भिड्ने आँट नेपाली फिल्म ‘ए सोल्टिनी’ ले गरेको छ ।
 
निमा तामाङ लामाको निर्देशनमा दिलकुमार घलान तामाङले निर्माण गरेको यसमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । 
 
‘सञ्जू’ बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म हो । टीजर, ट्रेलर र गीतसंगीतका कारण भारतमा मात्र नभएर नेपालमा पनि यो फिल्म पनि उतिक्कै प्रतिक्षीत थियो । रणबीर कपूर यसमा लिड रोलमा छन् । 
 
‘सञ्जू’ दरवारमार्गको क्यूज सिनेमाज बाहेक काठमाडौंका अन्य मल्टिप्लेक्समा रिलिज भएको छैन । नेपाल प्रदर्शन अधिकार पाएको चौधरी ग्रुप र गोपिकृष्ण मुभिजले प्रदर्शनका लागि नयाँ शर्त राखेपछि मल्टिप्लेक्स सञ्चालकले फिल्म प्रदर्शन नगरेका हुन् । 
 
प्राप्त जानकारी अनुसार, मल्टिप्लेक्सहरुले हप्ताको एक सहुलियत दरमा टिकट विक्री गर्ने गरेका छन् । यसबाट वितरकलाई सो दिन निकै कम सेयर हात पर्ने गर्दछ । 
 
तर, ‘सञ्जू’ को वितरक कम्पनी सीजीजीके सहुलियत दिन तयार नभएपछि फिल्म मल्टिप्लेक्समा रिलिज नभएको हो । सिंगल 'स्कृन' मा भने ‘सञ्जू’ देशभर लागेको खबर छ । यसका निर्देशक राजकुमार हिरानी हुन् । 
Most Visited News (monthly)